US Khabar
  • कोरोना महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय पनि बन्द

    - Admin | ४ महिना पहिले प्रकाशित

    कोरोना महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय पनि बन्द

    कोरोना महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरिका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।

    अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको पाकिस्तानका बालबालिका , अभिभावक तथा शिक्षकबिच प्रत्यक्ष सम्पर्क रहने बिद्यायलबाट संक्रमण फैलने जोखिम ज्यादा भएको भन्दै बिद्यालय बन्दको घोषणा गरिएको हो ।

    एक हजारभन्दा बढी बिरामी आइसियुमा भर्ना गरिएको पाकिस्तानमा पछिल्लो २४ घण्टामा दर्जन बढी मानिसको मृत्यु भै सकेको छ । सुरक्षा सतर्कताका लागि पाकिस्तान सरकारले सबै प्रकारका शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।

    कोभिड पेण्डामिकका कारण यतिबेला नेपाल लगायत विश्वका धेरै देशमा शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!