US Khabar
  • हिन्दुराष्ट्र र राजसंस्था शब्द र गाई चिन्ह हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन – २ गतेको पत्र ८ गते बाहिरियो!

    - Admin | ४ महिना पहिले प्रकाशित

    हिन्दुराष्ट्र र राजसंस्था शब्द र गाई चिन्ह हटाउन राप्रपालाई निर्वाचन आयोगको निर्देशन – २ गतेको पत्र ८ गते बाहिरियो!

    राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले मुल नारा बनाएको हिन्दु राष्ट्र र राजसंस्था शब्द प्रति निर्वाचन आयोगले आपत्ती जनाएको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन राष्ट्रिय राप्रपालाई पत्र काटेको हो ।

    आयोगले राप्रपाको प्रस्थावना बुँदा नम्बर ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्थावना एवं भावनाको प्रतिकुल देखिएको भन्दै यो वाक्याशं हटाउन पत्र आग्रह गरेको छ ।

    त्यस्तै बिधानको प्रस्थावनाको बुँदा नं ५ मा उल्लेखित ‘अन्तरिक बिधान‘ भन्ने वाक्याशंको ‘राष्टिय प्रजातन्त्र पार्टिको बिधान २०७८‘ राख्न पनि अनुरोध गरेको छ ।
    बिभिन्न बुँदा माथी स्पस्टिकरण समेत मागेको आयोगले बिधानको धारा ५ .२ मा उल्लेखित ‘सम्बर्धन’बाद शब्दलाई परिभाषित गर्न पनि पत्र मार्फत आग्रह गरेको छ ।

    निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन समेत निर्देशन दिएपछि राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आयोगको यो निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरीत रहेको भन्दै विरोध जनाएका छन ।

    आयोगले पठाएको यस पत्रको मिती २०७८ माघ २ गते उल्लेख छ । तर राप्रपाको बिरोधले पत्र आज मात्र प्राप्त गरेको जनाउँछ। क्मल थापाले ३ घण्टा पहिले आफ्नो फेसबुक मार्फत यतिका दिन पत्र किन लुकाएर राखियो भन्नेबारे आफुहरुलाई आश्चर्य लागेको उल्लेख गर्दै स्ट्याटस पोष्ट गरेका छन् । थापाले पत्रको तस्विर खिचेर पोष्ट गर्दै भनेका छन् निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र’ शब्दावली तथा झण्डामा रहेको ‘गाई’ हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ। यो निर्णय अस्विकार्य छ। विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ।२०७८ माघ २ गते आयोगले पठाएको पत्रवारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिले सम्म लुकाएर राख्नु आश्चर्यजनक छ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!