US Khabar
  • ‘गौर काण्ड’ सम्झाउँदै सिके राउत समुहलाइ मार्ने धक्की दिएकी मन्त्री यादवको बचाउमा जसपाको विज्ञप्ती

    - Admin | ४ महिना पहिले प्रकाशित

    ‘गौर काण्ड’ सम्झाउँदै सिके राउत समुहलाइ मार्ने धक्की दिएकी मन्त्री यादवको बचाउमा जसपाको विज्ञप्ती

    जनमत समाजवादी पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले बचाउ गरेको छ। बुधबार रौतहट पुगेर जनमत पार्टीका नेता डा. राउत र उनका कार्यकर्तालाई मार्ने सम्मको धम्की दिएकी मन्त्री यादवको चौतर्फी बिरोध सहित राजिनामाको माग भएपछि जसपाले उनि निर्दोश रहेको अभिव्यक्ती दिंदै यादको समर्थन गरेको हो ।

    मन्त्री यादवको बचाउ गर्दै जसपाले विज्ञप्ती जारी गरेको छ जसमा सिके राउत समुहलाई पूर्ण रुपमा गलत सावित गर्ने प्रयास गरिएको छ ।

    बलिदान दिवसका लागि रौतहट पुगेकी मन्त्री यादवलाई सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाउँदै बिरोध गरेपछि आक्रोशित यादवले स्टेजमा उभिएर दिएको अभिव्यक्तीमा आफुहरुसंग टकराव गरे २०६३ साल चैत ७ गते रौतहटको गौर स्थित राईस मिल मैदान भएको घटना दोहोरिन सक्ने भन्दै चेतावनी दिएकी थिईन् । अत्यन्त लज्जास्पद अभिव्यक्ती दिएकी उनको समर्थनमा उभिएको जसपाले सिके राउत समुहको सो दिनको बिरोधलाई अपराधिक कार्यको संज्ञा दिएको छ ।

    २०६३ साल चैत ७ गते रौतहटको गौर स्थित राईस मिल मैदानमा तत्कालिन माओवादी र मधेशी जन अधिकार फोरम नेपालको झडप हुँदा २७ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो र १ जनाको को उपचारका क्रममा मृत्यु भएको थियो ।

    गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । मारिएकाहरु अधिकांशलाई स्वचालित हतियारले गोली हान्नुका साथै बाँसको फट्टा, ढुङ्गा\इट्टाले टाउको र मुखमा थिचेर, धारिलो हतियार प्रहार गरेर, टाउको लगायत संवेदनशील स्थानहरुमा जथाभावी घोचेर, महिलाहरुलाई बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो।

    अत्यन्त क्रुर र अमानविय मानिएको राईस मिल मैदानको घटना दोहोरिन सक्छ भन्दै सार्वजनिक स्थलमा आक्रोशित रुपमा भाषण गरेपछि पुन एकपटक जनताले त्यो कालो दिन सम्झेर मन्त्री यादवको अभिव्यक्तीको घोर बिरोध गरिरहेका छन् ।

    यता राजिनामाको माग भएपछि मन्त्री यादवले आफुले यो अभिव्क्ती दिंदै नदिएको र गलत प्रचार गरिएको भन्दै उल्टै सिके राउतका कार्यकर्ताले आफुलाई कालो झण्डा देखाउनु नै अत्यन्त गलत भएको पटक पटक दोहोर्याउँदै आएकी छन् ।उनले आफुले हिंसा लक्षित अभिव्यक्ती दिएको कुरा उनले सरासर ईन्कार गर्दै उल्टै भिडियो राम्रो संग सुन्न अरुलाई अनुरोध गरेकी छन् । आफुले हिंसात्मक राजनितीमा विश्वास नगरेको र कसैलाई मार्ने आसय नभएको उनले दोहोर्याएकी छन् । उनले आफ्ना कार्यकर्ताको मोटरसाईकल समेत जलाएको भन्दै विवादीत अभिव्यक्ती भन्दा आफ्नो बचाउतर्फ केन्द्रित रहँदै आएकी छन् ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!