कांग्रेस नेता गगन थापालाई पोखरामा नेविसंघकै विद्यार्थीले कालो झन्डा देखाएका छन् । सोमबार पोखरामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएसँगै विकास थापा समूहले कालो झन्डा देखाएको हो ।पोखरामा नेविसंघका विद्यार्थीले सरकारी गाडी जलाएपछि गगनले त्यसलाई निन्दनीय भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । थापाको सोही अभिव्यक्तिको विरोध गर्दै उनलाई आफ्नै कार्यकर्ताले कालोझन्डा देखाएका हुन् ।

यसअघि नै गगनको धारणको विरोध गर्दै विकासले सामाजिक सञ्जालमा लेखेका थिए, ‘हामीलाई आन्दोलनको आगोले, कम्निस्ट सरकारको दमन र प्रहरीको लौरीले कार्यकर्ताको बगेको रगत पसिनाले पोलेको छ, तपाईंको सामाजिक सञ्जालको अभिव्यक्तिले मन दुखेको छ, देश र जनता, प्रजातन्त्रको निम्ति लडेका हजारांै युवा विद्यार्थीको आन्दोलनलाई नकरात्मक असर परेको छ । यसैले वाध्य भयौं ।’

अहिलेको सरकार जनताका लागि नभएर माफियाका लागि बोल्ने गरेको उनले आरोप लगाए । उनले सरकारका क्रियाकलापले संघीयता र लोकतन्त्र धरापमा परेको जिकिरसमेत गरे ।

Comments

comments