US Khabar

महोत्तरीका अनिललाई मृत्युदण्ड दिईयो: कतारमा पहिलो पटक नेपाली युवाको मृत्युदण्ड

- Admin | ३ वर्ष पहिले प्रकाशित

महोत्तरीका अनिललाई मृत्युदण्ड दिईयो: कतारमा पहिलो पटक नेपाली युवाको मृत्युदण्ड

युएईको कतारमा पहिलो पटक नेपालीलाई मृत्युदण्ड दिइएको छ । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल नुयमीको हत्या गरेको ठहर गर्दै महोत्तरीको औराही १ का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो ।

हत्या अभियोगमा २०१७ अप्रिलमा पक्राउ परेका चौधरीले अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरेको ठहर भएको थियो । चौधरीलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । सन् २०१५ मा कतार गएका चौधरी कार धुने कम्पनीका सामान्य मजदुर थिए ।

सजाय कार्यान्वयन गर्नु एकदिन अघि कतारले नेपाली दूतावासलाई यसबारे जानकारी दिइएको थियो । चौधरीको शवलाई स्थानीय अस्पतालमा राखिएको र नेपाल पठाउन कतारी प्रशासनले अनुमति दिइसकेको बताईएको छ ।

२३ वर्षीय अनिल घर फर्किन एक वर्ष मात्र बाँकी थियो । तर घर फर्किनु एक वर्षअघि नै उनी कतारी जेलमा परे । कतारी नागरिक अल नियमियोको हत्या गरी पैसा लुटेको आरोपमा त्यहाँको अदालतले उनलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

अनिललाई मृत्युदण्ड सुनाइनुअघि सामान्य झगडा हुँदा जेल परेको परिवारको अनुमान थियो । जेलमै रहँदा पनि अनिलले आफ्ना बुबाआमासँग कुराकानी गर्थे । आफूले केही नगरेको र जेलमा अनुसन्धानका लागि ल्याएको उनले घरमा भन्ने गरेका थिए । त्यसैले बुबाआमा चित्त बुझाएका पनि थिए । छोरा जेलबाट छुटेर घर आउने उनीहरूको आशा थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!