भक्तपुर १ फागुन ।

नेपाल बिद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको बिधानको खिल्ली उडाएको बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काफ्लेले देउवाले काँग्रेसको बिधानको धज्जी उडाउँदै नेबिसंघको वर्तमान अवस्था निम्ताएको र वर्तमान सरकारले संबिधानको खिल्ली उडाइरहेको बेला बिरोध गर भन्नुमा कुनै तुक नरहेको बताएका हुन् ।

पार्टी नेतृत्वबाट नेबिसंघ बिघटन गर्नु, नैनसिंह महरले राजनीमा दिनु नेपाल बिद्यार्थी संघलाई गुमराहमा राख्नु, भजन मण्डली गठन गर्नुले काँग्रेस लोकतन्त्रको उपहास गरेको उनले बताए ।

काफ्लेले बिधान त ३२ बर्ष मुनिको तदर्थ समिति बनाएर ६ महिना पछि नेबिसंघको महाधिबेशन गर्न उत्तम रहने भएता पनि पार्टीका नेताहरु अझै पनि टिके प्रथालाई निरन्तरता दिन लागि परेको आरोप लगाए ।

Comments

comments