US Khabar

पाकिस्तानको कराचीमा ९७ जना सवार विमान दुर्घटना (भिडिओ)

- Admin | ३ वर्ष पहिले प्रकाशित

पाकिस्तानको कराचीमा ९७ जना सवार विमान दुर्घटना  (भिडिओ)

पकिस्तानको कराचीमा ९७ जना सवार यात्रु वहाक बिमान दुर्घटना भएको छ । लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्रा्ष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको सो विमान कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै दुर्घटना भएको हो ।

पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको सो यात्रुवाहक विमानमा ९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेको बताईएको छ । तर यो संख्या फरक फरक रुपमा सार्वजिनक भै रहेकाले विमानमा अझै बढि यात्रु हुनसक्ने अनुमान छ ।

दुर्घटनास्थलमा आपतकालिन उद्धारकर्मीहरू पुगीसकेका बताइएको छ, जहाँ मानिसका घरहरूमा पनि क्षति पुगेको विवरणहरू आएका छन्।

कोरोनाभाइरस महामारीका कारण दुई महिनापछि भर्खरै सञ्चालनमा आएको आन्तरिक वायुसेवाको यो विमान दुर्घटनाको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् जसमा धुँवाको मुस्लो देखिएको छ ।

बिमान जिन्नाह अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको मोडेल कोलोनी नजिकै दुर्घटना भएको थियो ।

पाकिस्तान सेनाका अनुसार उस्को दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा सघाउन दुर्घटनास्थलमा पुगेका छन्।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!